तपाईँ सुन्दै हुनुहुन्छः

खेल क्षेत्रको विकासका लागि आफू सधैँ तयार : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि आफू सधैँ तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय स्तरमा धेरै भन्दा धेरै खेलमा नेपालले सहभागिता जनाउनु पर्नेमा जोड दिनु भएको छ ।  खेलाडीको जीवन निर्वाह देखि तालिम लगायत सबै कुरामा सरकारले बजेट व्यवस्थापन गर्ने समेत बताउनु भएको छ ।
खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले  कोरोनाका कारण खेलकुद क्षेत्र पछि परेकोले अब भ्याक्सिन आइसकेको अवस्थामा नेपाली खेलकुदले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङले प्रधानमन्त्रीले खेलकुद प्रति देखाएको रुचिको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद क्षेत्रले राम्रो फड्को मार्ने बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश शिलवालले कोरोनाका कारण खेलकुदमा बजेट घटेकोले बजेट बढाउन आग्रह गर्नु भएको थियो ।
सदस्यसचिव सिलवालले प्रधानमन्त्रीले २ वर्ष भित्र भलिबल कभर्डहल निर्माणको जिम्मा लिएको पनि कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button