तपाईँ सुन्दै हुनुहुन्छः

मेशिनमा च्यापिएर भारतीय नागरिकको मृत्यु

बारा । बाराको जितपुरस्थित राजेश मेटल उद्योगको मेशिनमा च्यापिएर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

आज बिहान एक बजे बिल्डर्स रोल मेशिन चलाउने क्रममा मेशिनमा च्यापिएर भारत सिवान बस्ने बस्ने वर्ष ४५ का सुनिल प्रसादको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button