तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध गाँजा र अटोसहित एकजना प्रहरी नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र अटोसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ११ किलो लागूऔषध गाँजासहित अटो र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

मङ्गलवार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवार पानीबाट ११ किलो लागूऔषध गाँजा र अटो बरामद गरेको प्रहरीले जनाएको छ ।

पर्साको सखुवा पर्सौनी गाउँपालिाका–२ का चन्द्रबहादुर दमाई र उनले चलाएको ना २ ह ४१०९ नम्बरको अटो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले दमाईको साथबाट ६७ हजार नेपाली र २ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button