तपाईँ सुन्दै हुनुहुन्छः

शताब्दी पुरुष जोशीको तस्बिर अङ्कित हुलाक टिकटको आवरणमा राष्ट्रपतिद्वारा टाँचा प्रदान 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको तस्बिर अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीद्वारा लिखित केही कृति र गीतका सिडीको पनि विमोचन गर्नुभयो ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बागमय शताब्दी पुरुष डा. जोशीको जीवनकालमै उहाँको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न सकेकोमा खुसी व्यक्त गर्दै डा.सत्यमोहन जोशी आफैमा इतिहासको दस्ताबेज भएको बताउनुभयो ।
समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button