तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नै लोगो तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालयमा अध्यक्ष मायादेवी रानाले गाउँपालिकाको पहिचान झल्कने लोगो र्सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाको लोगोमा राष्ट्रिय झण्डा, सातवटै वडाका संकेत तथा अकला मन्दिरका साथै म्याग्दे खोला, गाउँपालिकाको नक्सा, शान्तिको प्रतिक परेवा तथा झरना समावेश गरिएको छ ।
यसले गाउँपालिका समृद्ध रहेको संकेत प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो
।
परामर्शदाता विनिता रानामगरले लोगो तयार पारेको गाउँपालिकाले जनाएको छ । आफ्नै लोगो तयार गर्ने म्याग्दे तनहुँको पहिलो पालिका हो । गाउँपालिकाबाट सबै कार्यपालिका सदस्यहरूलाई एक एक थान लोगो उपलब्ध गराइएको र मंगलबारबाट सबै वडामा एक साथ प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।