तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आजपनि बहस जारी छ ।

अहिले सर्वोच्वमा सरकारी वकिलहरुले बहस गरिरहनुभएको छ । यसअघि हिजो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहसमा सहभागी हुँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटन सिफारिसको अधिकार रहेको जिकिर गर्नुभयो ।

खरेलको बहस आजपनि जारी रहने जनाइएको छ । त्यसपछि अन्य सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितका कानुन व्यवसायीले बहस गर्ने कार्य तालिका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button