तपाईँ सुन्दै हुनुहुन्छः

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो सिद्धान्त: प्रधानमन्त्री ओली

file photo

काठमाडौं । आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो सिद्धान्त भएको बताउनुभएको छ ।

प्रोगेशिभ ईन्जिनियरिंग एसोसिएसन नेपालको आयोजनामा आज राजधानीमा भएको बृहत् इन्जिनियर भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा भारतसँगको सम्बन्धमा केही उतारचढाव आउने गरेको भएपनि पछिल्लो समय भारतसङको सम्बन्ध राम्रो बन्दै गएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरूसँग समानताको आधारमा सम्बन्ध सुमधुर बनाउँदै जाने सरकारको नीति रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासलाई तीव्रता दिई अगाडी बढिरहेको आफ्नै पार्टीको सरकारलाई पदका लोभी पार्टीभित्रका केही नेताले अप्ठेरो पार्ने काम गरिरहेपछि जनताको माझमा जाँदा राम्रो हुने भएकाले निर्वाचनमा जाने घोषणा गरिएको बताउनुभयो ।

कार्यक्रममा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले विकास र समृद्धिको यात्रामा अगाडी बढिरहेको सरकारलाई अङ्कुश लगाउने कार्य पार्टीभित्रबाट गरिएको आरोप लगाउँदै सरकारको विकास र समृद्धिको यात्रामा साथ दिन आफू सरकारमा सहभागी भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button