तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखले संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता गरेको प्रति राष्ट्रियसभा अध्यक्षको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्को सिफारिस पत्रहरू सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउनु भएको विषय सङ्घीय संसद्को संयुक्त कार्य सञ्चालन नियमावली विपरीत रहेको बताउनु भएको छ ।

सङ्घीय संसद् सचिवालयमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी प्रक्रियामा राष्ट्रियसभा संलग्न नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाइ बाहेक अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानुनी व्यवस्था नरहेको समेत बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले सभामुख सापकोटाले संसदीय सुनुवाइ सम्बन्धी फिर्ता पठाएको कागजातमा भएको पत्राचार, अधिकार क्षेत्र र त्यसमा भएको ब्यहोराले राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार गरेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button