तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक सेवालाई रुपान्तरण गरी थप प्रभावकारी बनाइने: मन्त्री गुरुङ

file photo

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हुलाक सेवालाई रुपान्तरण गरी थप प्रभावकारी बनाइने बताउनुभएको छ ।मन्त्रालयको अर्धवार्षिक कार्य समीक्षा बैठकमा मन्त्री गुरुङले सञ्चारको सबैभन्दा पुरानो माध्यम हुलाक सेवालाई मानिसहरुले आज पनि सबैभन्दा भरपर्दो र विश्वाससिलो माध्यमका रुपमा प्रयोग गर्ने गरेको स्मरण गर्नुहुँदै उहाँले सरकारले हुलाक सेवालाई नेस्नल फेमवर्कमा राखेर सरल र सहज बनाइ व्यबस्थित बनाउन लागेको जानकारी दिनुभयो ।

सार्वजनिक गरिएको छोटो अवधीमै नागरिक एप्सले लोकप्रियता पाएको भन्नुहुँदै उहाँले सरकारको डिजिटल नेपाल अभियानलाई उचाइमा पुर्याउने गरि प्रभावकारी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभयो ।मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आउँदो बैशाखको अन्तिमसम्ममा ९० प्रतिशत बजेट खर्च गरिसक्ने गरि कार्य सम्पादन गर्न सबै निकायलाई अनुरोध गर्नुभयो ।

बैठकमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, सूचना प्रविधि विभाग, मुद्रण विभाग, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, हुलाक सेवा विभाग, चलचित्र विकास बोर्डलगायत मन्त्रालय मातहतका १८ वटा निकायले अर्धवार्षिक कार्यप्रगति समीक्षा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button