तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिए

अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिनु भएको छ ।लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको उक्त एम्बुस आक्रमण भएको बताइएको छ ।

बेदाक क्षेत्रमा रहेको प्रहरी चौकीमा आतङ्ककारीले आक्रमण गर्ने योजना गरिरहेको अवस्थामा एम्बुस आक्रमण भएको जनाइएको छ । यस एम्बुस आक्रमणमा परी सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी नगरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button