तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को परीक्षाफल प्रकाशित,यसरी हेर्नुहोस् परीक्षाफल

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही आधारमा नतिजा सार्वजनिक गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

यो वर्ष चार लाख ३३ हजार २७१ जनाले परीक्षा दिएका थिए । जसमा एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको बोर्डले जनाएको छ ।बैशाखमा लिइने १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा गरिएको थियो।त्यस्तै ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभयो । चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए ।

विद्यार्थीको प्राप्तांक बोर्डका प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ। प्रकाशित गरिएको नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ ।

नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिट लगायतको प्रमाणपत्र दिने जनाएको छ  । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा निकालिँदै आएको छ ।यसका लाग  राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमबाट हेर्न सकिन्छ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button