तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको दुई पालिका जोड्ने फेदी खोलामा तीन करोडको पुल

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका(८ र भिमाद नगरपालिका (५ जोड्ने फेदिखोला पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आईतबार पुलको शिलान्यास गर्नुभएको हो ।

उक्त पुल शिलान्यास गर्दै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार प्रदेशको समग्र आर्थिक विकास तथा समृद्धि गर्ने जनचाहना अनुरुप कार्य गर्दै अगाडि बढिरहेको बताउनुभयो ।मानिसका आवश्यकता र विकासक्रमको सीमितता नहुने बताउदै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार विकास कार्यक्रममा तीव्रताका साथ अगाडि बढेको दावी गर्नुभयो ।

भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले स्थानीयका आवश्यकता सम्बन्धमा आफुहरुलाइ जानकारी गराउने र भैरहेका विकास निर्माणका कार्यमा जनताको निगरानी अनिवार्य रहेको बताउनुभयो ।उक्त पुल २५ मिटर लम्बाईको रहेको छ भने निर्माणको जिम्मा केबिसी बिल्डर्स चितवनले पाएको छ ।

पुलको सम्झौता रकम ३ करोड ५८ लाख ३१ हजार ९ सय ८० रुपैयाँ रहेको र २०७८ पौष २५ गते सम्पन्न गर्ने लक्ष्य रहेको पुर्वाधार विकास कार्यालय, तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button