तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

File Photo

ढल्केवर। धनुषामा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा बर्दिवासबाट जनकपुर तर्फ जाँदै गरेको बा.७१ प ३०५२ नम्बरको मोटरसाईकलले ठक्करदिंदा स्थानीय ७० वर्षिया जानकी देवी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लगिएको थियो ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधवार राति करिब साढे ९ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तीर्थ कुमार कार्कीले बताउनुभयो । यता ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button