तपाईँ सुन्दै हुनुहुन्छः

काेराेना विरूद्धकाे खाेप अभियान : कपिलवस्तुमा ८ सय ५५ जनाले जगाए खाेप

काेराेना विरूद्धकाे खाेप अभियान कपिलवस्तुमा ८५५ जनाले खाेप लगाई सकेका छन । तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्णनगरमा रहेको शिवराज अस्पताल बहादुरगंजबाट कुल ८५५ जनाले खाेप लगाएकाे जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी गराएकाे छ ।
जसमा स्वास्थ्य कर्मी ४१९ स्वास्थ्य कार्यालयका अन्य कर्मचारी ४९ म.स्वा.स्व.से.३०२ पालिकाकाे सरसफाइ कर्मी ५३ एम्बुलेन्स चालक ७ सव व्यावस्थापन र सुरक्षा कर्मी २५ गरि ८५५ जनाले खाेप लगाई सकेकाे जनस्वास्थ्य कार्यालय कपिलवस्तुका फाेकल पर्सन उमेश बन्जाडेले जनाएका छन ।
कपिलवस्तुमा काेराेना विरूद्धकाे खाेप अभियान सुरू भएकाे पाचाै दिनमा ८५५ जनाले खाेप लगाई सके पनि सबैकाे अवस्था समान्य रहेकाे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button