तपाईँ सुन्दै हुनुहुन्छः

बर्षौ देखि भेरीकै पानीको भर

जाजरकोट । जाजरकोटको चौखाबजार र त्यस आसपासको क्षेत्रका स्थानीय भेरी नदीको दुषित पानी प्रयोग गर्दै आएका छन् । स्थानीय बासिन्दा शुद्ध पिउने पानीको सुबिधा बाट बन्चित भएका छन् ।

गाउँका १ सय घरपरिवारले भेरीको दुषित पानी प्रयोग गर्दै आएका छन । नलगाड नगरपालिका ११, चौखाबजार स्थित बालुवातरा र तलछरा लगायत स्थानका स्थानीयले यसै गरी बर्षौ देखि भेरीनदीकै पानी पिउन बाध्य छन् ।

एक गाग्री पानी लिन घरदेखि तल भेरीमा गएर पानी ल्याउनु उनीहरुको दैनिकी नै बनेको छ । महिला र बालवालिकाको समय दैनिक पानी बोक्दा नै वित्ने गरेको छ । घर अगाडि खानेपानीको धारा भएपनि पानी नआउने स्थानीय तारा विकले बताउनुभयोे ।

खानेपानीको अभावमा दैनिक सरसफाई लगायतका कार्यहरु गर्न रहेको उहाँले बताउनुभयो । गत आर्थिक बर्षको असारमा नलगाड नगरपालिकाले तातोपानी चौखा खानेपानी योजनाका लागि १० लाख रुपैँया बिनियोजन गरेको भएपनि स्थानीयका धारामा पानी आउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button