तपाईँ सुन्दै हुनुहुन्छः

‘युवा उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम’                                        

File Photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताउनुभएको छ ।

राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयले आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले कोरोनाले शिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्न सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।

आर्थिक समृद्धिका लागि युवाहरूलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

कार्यक्रममा बैङ्क तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं उद्यमी पवन गोल्यानले कम्फर्ट जोनमा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरहरूको उपयोग गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button