तपाईँ सुन्दै हुनुहुन्छः

राखेपको आयोजनामा ‘खेलकुदसँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया हुने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले यही मङ्गलवार ‘खेलकुदसँग प्रधानमन्त्री’ नामक एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो एक बजेबाट सुरु हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग अन्तरक्रिया गर्नु हुनेछ । नेपाली खेलकुदको बारेमा सरकारको धारणा पनि राखिने बताइएको छ ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता, प्रशिक्षक, सङ्घ र संस्था, कर्मचारीको उपस्थिति हुनेछ । यस्तै खेलकुद मन्त्री र सदस्यसचिवको पनि सहभागिता हुनेछ ।

यस्तै विभिन्न खेलाडी, प्रशिक्षक र सम्बन्धित जिल्लाका कार्यालय प्रमुखको सहभागितामा बाग्मती प्रदेश स्तरीय खेलकुद अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम माघको २१ र २२ गते हुने भएको छ । ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button