२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ८८ जना कोरोना सङ्क्रमणमुक्त

रेडियो नेपाल २०७७ माघ १८ गते १६:४६

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी, आज थप २ सय ८८ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल २ हजार ५ सय ९४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार २९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित