तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्धको खोप अभियान : कृष्ण नगरमा डा.चौधरीले लगाउनुभयो पहिलो खोप

कपिलवस्तु । कपिलवस्तुको कृष्ण नगर नगरपालिकामा कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आजबाट खोप लगाउन सुरु भएको छ ।

शिवराज अस्पताल बहादुरगंजमा पहिलो कोरोना विरुद्धको खोप डा. मुकेश चौधरीले लगाएर शुभारम्भ गर्नु भएको हो ।

कोभिड –१९ कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी ,स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मीहरूलाई खोप लगाउन सुरु भएको कृष्ण नगर नगरपालिका मेयर रजत प्रताप शाहले बताउनुभयो ।

खोप लगाइसकेपछि आफूलाई कुनै खालको लक्षण नदेखिएकोले ढुक्क भएर खोप लगाउन सबैलाई डा.चौधरीले आग्रह गर्नुभयो ।

कपिलवस्तुका ४ ठाउँमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था भएको जिल्ला कोरोना फोकल पर्सन उमेश बन्जाडेले बताउनुभयो ।

जिल्लाको तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्ण नगरमा रहेको शिवराज अस्पतालबाट खोप सेवा प्रदान गरिएको बन्जाडेले बताउनुभयो ।

जिल्लामा पहिलो चरणमा ४५ सय कोरोना विरुद्धको खोप आए पनि कृष्ण नगरमा २५० जनाको लागि आएको डा.चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button