तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सरकारी पक्षले बहस गर्ने

काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि आजदेखि सरकारी पक्षले बहस गर्ने भएको हो ।हेर्दाहेर्दैमा राखिएको आजको सुनुवाइमा महान्यायाधिवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उहाँका निजी वकिलहरूले बहस गर्नुहुनेछ ।

माघ ४ गतेदेखि संवैधानिक इजलासमा भइरहेको निरन्तर सुनुवाइमा निवेदकका तर्फबाट ६८ जना कानुन व्यवसायीले बहस गर्नुभएको छ । सो रिटमा निवेदक तर्फका २ सय ५० बढी कानुन व्यवसायीको वकालतनामा परेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा  प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button