तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो ।

योसहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको संख्या तीन सय ३० जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button