तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी फुटाउने कोसिस व्यर्थ साबित: मन्त्री अर्याल

file photo

स्याङ्जा । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी फुटाउन केही नेताले कोसिस गरे पनि त्यो व्यर्थ साबित हुने बताउनुभएको छ । हरिनास गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षणमा उहाँले प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएकाले कार्यकर्तालाई दुबिधामा नपर्न आग्रहसमेत गर्नुभयो ।

पाँच वर्षका लागि जनताले चुनेर पठाएको ओलीले नेतृत्व सरकारलाई पार्टीभित्रैका नेताले अनेक बहानामा घेराबन्दी गरेकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, “पाँच वर्षका लागि जनताबाट जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताले चौतर्फी घेराबन्दी गरेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गर्नुभयो ।”

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन कुनै तत्त्वले बिथोल्न नसक्ने भन्दै मन्त्री अर्यालले कार्यकर्तालाई एकताबद्ध भएर चुनावको तयारीमा जुट्नसमेत आग्रह गर्नुभयो । भेलामा हरिनास गाउँपालिका–२ का वडा सदस्य लालुमाया नेपालीसहित १५६  काँग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button