तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय टेकप्रसाद निरौलाको मतानमा आगलागी हुँदा सङ्गम निरौलाका छोरा ७ वर्षीय सुगम निरौला र सन्देश निरौलाका ४ वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो करिब २ बजे बालबालिकाले लाइटर खेलाउने क्रममा पराल रहेको मतानमा आगो सल्किदा उनीहरूको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आगो नियन्त्रणमा आएपछि शवलाई घटनास्थलबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button