२०७९ साल असार १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा ल्याइएको ४ हजार कुखुराका चल्ला नष्ट

ध्रुव अधिकारी २०७७ माघ १७ गते १७:४७

वीरगञ्ज । भारतबाट अवैध रुपमा ल्याइएको ४ हजार कुखुराका चल्ला आज पर्सा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याइएको कुखुराका चल्लालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ तिलावेपुल नजिकैबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले बिहान नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका कुखुराका चल्ला आजै जिल्ला प्रहरी कार्यालय र पशु क्वारेन्टाईन कार्यालय पर्साको संयुक्त टोलीले खाल्डोमा पुरी नष्ट गरेको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी मनोजित कुँवरले बताउनुभयो ।

भारतमा बर्डफ्लुको प्रकोप बढदै गएको र नेपालमा समेत देखिएको अवस्थामा प्रतिबन्धित कुखुराका चल्ला भारतबाट भित्र्याइएको भेटिएपछि नियन्त्रणमा लिई नष्ट गरिएको प्रवक्ता कुँवरले बताउनुभयो ।

सम्बन्धित