तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्नका लागि विभिन्न प्रयास अगाडि बढाइरहेका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि नेपाल टेलिभिजनको भूमिका झनै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

३६ औं वार्षिकोत्सवका अवसरमा शनिबार भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम र अभियानलाई जनतासमक्ष पुर्‍याउन नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्नका लागि विभिन्न माध्यमबाट प्रयास अगाडि बढाइरहेका छौं,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘ती प्रयास जनतासमक्ष पुर्‍याउन र जनतासमक्ष जोड्न नेपाल टेलिभिजनले आगामी दिनमा अझ महत्वपूर्ण भूमिका खेल्न सक्ने महसुस गरेको छु ।’

नेपाल टेलिभिजनका विगतका वर्षहरु सफलताका वर्षहरु रहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘विगतका गौरवका वर्षहरु रहे,’ उहाँले भन्नुभयो, ‘विकासका लागि सञ्चार नारा लिएर अगाडि बढेको नारालाई सार्थक पार्ने प्रयास सराहनीय छन् ।’

नेपाल टेलिभिजनका सबै च्यानल र सबै क्षेत्रीय प्रसारणले नेपालको बहुआयामिक संस्कृति, कला साहित्य र जनजीवनका आफ्नो योगदानलाई प्रभावकारी बनाउन योगदान दिने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । सरकारले नेपालको आफ्नै भूउपग्रह जडान गर्ने र त्यसमार्फत प्रविधिको क्षेत्रलाई अगाडि बढाउने योजना बताएको बताउनुभयो । ‘त्यसबाट नेपाल टेलिभिजनले थप लाभ लिनेछ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलले नेपाल टेलिभिजनका आगामी दिन अझ ठूलठूला सफलता प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै नेपाली जनतामा सूचना, जानकारी, जागरण र मनोरञ्जन पुर्‍याउने कार्यको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button