रुपन्देही । रुपन्देहीको बुटवलमा सम्पन्न अन्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन् ।
रुपन्देही जिल्ला टेबल टेनिस सङ्घको आयोजनामा भएको फाइनलमा एपिएफकै बोधित डिसीलाई पराजित गर्दै कपालीले उपाधि हात पारेका हुन् ।
यसैगरी, छात्रातर्फ आर्मीकी दीक्षा दाहाललाई पराजित गर्दै आर्मीकै दिया देउलाले उपाधि हात पारेकी हुन् ।
प्रतियोगितामा छात्रतर्फ सुनसरीका अनमोल बिक र एपिएफका विशाल गोले तेस्रो भए । छात्रातर्फ भने एपिएफकी ईभाना थापा र बियंका राई तेस्रो भएकी छन् ।
प्रतियोगितामा ९६ जना खेलाडी सहभागिता रहेको थियो ।