तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनामा राष्ट्रिय वाणिज्य बैङ्कद्वारा १ अर्ब ७४ करोड नाफा आर्जन

file photo

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ कुल नाफा आर्जन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित गर्दे बैकले यस अवधिमा बैङ्कको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड भएको, वितरणयोग्य नाफा १ अर्ब ८० करोड भएको जनाएको छ ।

२०७७ पौष मसान्तमा बैङ्कले २ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेको कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button