तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिग फुटबलमा आर्मी क्लबको दोस्रो जित

काठमाडौँ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मि घिसिङले समान ४–४ गोल गर्नुभयो ।

यस्तै विमला चौधरी र सपना लामाले एक–एक गोल गर्नुभयो । चन्द्रपुरविरुद्ध एकपक्षीय जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ६ गोल गर्‍यो ।

जीतसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अङ्क जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अङ्क जोडेर लिगको छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button