तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बालिका सामुहिक बलात्कृत, बलात्कारको आरोपमा दुई पक्राउ

सल्यान ।  सल्यानको शारदा नगरपालिकाका एक १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।  सामुहिक बलात्कार गरेको आरोपमा जिल्लाको शारदा नगरपालिका ४ का२२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आफन्तको घरमा बस्दै आइरहेकी बालिकालाई पुस ८ गते बलात्कार भएको पिडित पक्षले प्रहरीमा उजुरी दिएको र उजुरीका आधारमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताउनुभयो ।

आमाबुवाको संरक्षणमा नरहेकी ती बालिका आफन्तको घरमा बस्दै आइरहेकी थिइन । प्रहरीका अनुसार पिडित बालिकाका आमा नरहेको र बुवा पनि रोजगारीका लागि जिल्ला बाहिर रहेका छन् ।  आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button