तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय अति विपन्न परिवारलाई सिरक वितरण

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले आज दुई सय अति विपन्न परिवारलाई सिरक वितरण गरेको छ ।

अति विपन्नता भएका परिवारलाई छनोट गरी दोस्रो चरण अन्तर्गत नगरपालिकाको वडा नम्बर ५ र ७ का अति विपन्न परिवारलाई सिरक वितरण गरिएको हो ।

उक्त अवसरमा नगर प्रमुख वसन्त कुमार मिश्रले अति विपन्न परिवारलाई चिसोबाट जोगाउनका लागि सिरक वितरण गरिएको बताउनुभयो ।

अन्य वडामा पनि सिरक वितरण गर्ने तयारी गरिरहेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।

सिरक वितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साह, वडा नम्बर ७ का वडा अध्यक्ष हरी कृष्ण महतो ,सञ्चारकर्मी, बुद्धिजीवी, स्थानीय लगायतको उपस्थित रहेको थियो ।

यस अघि पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १२ मा एक सय अति विपन्न परिवारलाई सिरक वितरण गरिएको थियो ।

नगरपालिकाले जाडोबाट बच्न सिरक वितरण गरेपछि नगरबासीहरू पनि उत्साहित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button