तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ९८ हजार ३७ मेट्रिक टन हिउँदे तरकारी उत्पादन 

कलैया । बारामा यस वर्ष किसानहरुले विभिन्न जातका हिउँदे तरकारी ९८ हजार ३७ मेट्रिक टन उत्पादन गरेका छन् ।

६ हजार ३ सय २५ हेक्टर जमिनमा तरकारी उत्पादन भएको ज्ञानकेन्द्र बाराका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो ।

गत वर्ष कृषकहरुले कुल ६ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी खेती गरी प्रति हेक्टर १६ मेट्रिक टनको दरले कुल १ लाख १ हजार २ सय मेट्रिक टन हिउँदे तरकारी उत्पादन गरिएको ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button