तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा ठुलीरात पुसे १५ मनाइँदै

बैतडी । आज पुस १५, सुदूरपश्चिममा आज ठुलीरात तथा पुसे १५ का रुपमा धुमधामसँग मनाइदै छ ।

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको पण्डित देवदत्त भट्टले बताउनुभयो ।

आज रातभरि दन्त्यकथा, उखान सुन्ने र सुनाउने तथा तरुल सखरगञ्ज पकाएर खाने चलन रही आएको छ । पन्नरकी रातका रुपमा समेत मनाईने यो पर्वमा आज १५ किसिमका परिकारहरु खाने गर्दछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button