तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुमा पर्यटक आकर्षण बढ्दै

सिन्धुपाल्चोक । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ ।

यही मंसीर १८ गते नेरिका एडभेन्चरर्स का आरोही सतिस मान पति को नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापुर्वक आरोहण सम्पन्न गरेको हो ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि हेलम्बु हाई सर्किट ट्रेकिङ रुटको विकास गर्ने उदेश्य अनुरुप उक्त क्षेत्रमा रहेको ५ हजार देखि ६ हजार मिटर उचाई सम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ । हेलम्बु र लाङटाङ क्षेत्रको बिचमा रहेको नयाँ गंगा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्नसक्ने गरी तयार गर्ने क्रममा रहेको जनाइएको छ ।

हेलम्बु क्षेत्रमा ५ हजार भन्दा माथिका ९ वटा पिकहरु रहेको र उक्त ठाउँमा जाने दोहोरो रुट निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताउनुभयो । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने रुटको विकास भइरहेको उहाँको भनाई छ । यसले हेलम्बु लगायत सिन्धुपाल्चोकको पर्यटन विकासमा ठुलो योगदान पुर्याउने गाउँपालिकाको विश्वास छ ।

सिन्धुपाल्चोकमा पर्यटकलाई तान्नसक्ने धेरै रमरणीय क्षेत्रहरु छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्यहरु छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button