तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको बारेकोट गाउँपालिकाद्वारा आफ्नै भवनबाट सेवा शुरु

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाले गाउँपालिकाको भवनसहित ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ ।

भवन निर्माणपछि पालिका र वडालाई दैनिक सेवा प्रवाह गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । गाउँपालिकाको केन्द्र लिम्सामा १ करोड ५० लाख लागतमा गाउँपालिकाको भवन निर्माण गरेको शाहले जानकारी दिनुभयो ।

वडा नम्बर १ को रामीडाडा, ३ को मुलसाम, ४ को सार्कीटोल, ६ को घर्तीगाउँ, ७ को स्याला र ९ को सक्लामा वडा कार्यालय भवन निर्माण भएका छन् भने वडा नम्बर २, ५ र ८ को वडा भवन निर्माणको काम भइ रहेको अध्यक्ष शाहको भनाई छ ।

तीन वर्षदेखि स्थानीयको घर भाडामा लिएर दैनिक कामकाज सन्चालन गर्दै आएको बारेकोटले अहिले आफ्नै भवनबाट दैनिक सेवा दिन थालेको छ । भवन बनेपछि सहजता आउनुको साथै स्थानीयलाई सहज सुविधा पुगेको अध्यक्ष शाहले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button