तपाईँ सुन्दै हुनुहुन्छः

थप ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ६०० जना सङ्क्रमणमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ५ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज एक हजार ६ सय जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ५१ हजार ९ सय १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button