तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा छाउगोठ भत्काउन सिडियो गाउँगाउँमा

अछाम । कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ।

सोही अभियान अन्तर्गत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय गाउँगाउँमा पुगेर छाउगोठ भत्काउन लाग्नु भएको हो ।

उपाध्यायसँगै जिल्लास्थित सुरक्षा संगठनका प्रमुखहरुले गाउँमा छाउगोठ खोज्दै भत्काउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको टिमले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारला र चौरपाटी गाउँपालिका–२ को सोकटमा पुगेर छाउगोठ भत्काएको छ। छाउगोठहरू पुनःनिर्माण हुन थालेको सूचनाका आधारमा टोली बारलामा ९ तथा सोकट पुगेर १२ वटा छाउगोठ भत्काएको जिल्ला प्रशासन कार्लयाय अछामले जनाएको छ।

गत वर्ष नै गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काउने, सचेतना फैलाउने र अटेर गरे कानुनी कारबाही गर्ने निर्देशन गरेको थियो। स्थानीय स्तरमा पटकपटक छलफल गर्दा र कानुनबारे जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम र छाउगोठमा बस्न नरोकिएपछि प्रहरी प्रशासनले आफै गोठ भत्काउन पुगेको हो ।

छाउगोठ भत्काउने अभियानमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापा लगायतको टोली गाउँगाउँमा पुगिरहेका छ। गोठ भत्काउने सँगै कुप्रथाका बारेमा सचेतना समेत दिदै आएको प्रजिअ उपाध्यायले बताउनु भयो ।

छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरेको ७ दिनमा २ सय ४४ छाउगोठ भत्काइएका छन्। जिल्लाका तुर्माखाँद, ढकारी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिकामा अभियान थालिएको हो। अन्य स्थानीय तहमा छिट्टै अभियान सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button