तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्षले दिए वडालाई एक रोपनी जग्गा

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १२ का वडा अध्यक्ष लालबहादुर खत्रीले वडा कार्यालय भवन निर्माणका लागि एक रोपनी जग्गा प्रदान गर्नु भएको छ । खत्रीले भेरी करीडोर मार्ग अन्तर्गत तल्लुबगरमा रहेको १५ लाख मूल्य पर्ने जग्गा वडालाई दिनु भएको हो ।
वडा कार्यालयको भवन निर्माण गर्न जग्गा अभाव भएपछि आफूले जग्गा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताउनु भयो । जग्गा उपलब्ध भएपछि अहिले ५७ लाख लागतमा ६ कोठे वडा भवन निर्माणको काम अगाडि बढेको वडा अध्यक्ष खत्रीले भन्नु भयो । वडाको भवन नहुँदा तीन वर्षदेखि घर भाडामा लिएर वडाको दैनिक कामकाज सञ्चालन गर्नु परेको अध्यक्ष खत्रीको भनाई छ ।
असारसम्म भवन निर्माण सक्ने गरी काम तीव्र गतिले अगाडि बढेको छ । भवन निर्माण भएपछि वडाको दैनिक सेवा प्रवाहमा सहजता आउनुको साथै स्थानीयलाई सहज सुविधा पुग्ने वडा अध्यक्ष खत्रीको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button