तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धनगढी । कैलालीमा आज  थप एक जना कोरोना भाइरस सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड-१९ अस्पतालमा उपचाररत धनगढी उप-महानगरपालिका वडा नं. ३ का कोरोना सङ्क्रमित ५० वर्षीय पुरुषकाे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
योसँगै कैलालीमा कोरोना भाइरस सङ्क्रमणपछि मृत्यु हुनेकाे सङ्ख्या २७ पुगेको छ ।
यसै गरी कैलालीमा आज थप ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ  ।  सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप-महानगरपालिका क्षेत्रका ३४ जना, लम्कीचुहा नगरपालिकाका चार  जना र गाैरीगंगा नगरपालिकाका एक  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button