२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका किसान कृषि यान्त्रीकरणमा आकर्षित

दीपक शर्मा २०७७ पुष १५ गते १३:३४

 

सल्यान । सल्यानमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै जान थालेको छ । यान्त्रीकरणले लागत कम हुने र छिटो छरितोबाट काम हुने भएपछि किसानहरु लाभान्वित समेत भएका छन् ।

खेतबारी जोत्न हाते ट्याक्टर, धान गहुँ झाट्ने यान्त्रीकरणको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
सरकारी अनुदान नपाउने किसानहरुले पनि पछिल्लो समय आँफैले किनेर उपकरण प्रयोग गर्न थालेको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले बताउनुभयो ।

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान उपकरणको प्रयोगतर्फ आकर्षित भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, कृषि विकास कार्यालयले सहुलीयत अनुदानमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ ।

चालु आर्थिक वर्षमा यान्त्रीकीकरण खरिदका लागि ४८ लाख बजेट भएको भएता पनि अहिले दुई करोडभन्दा बढीको माग आइसकेको कार्यालय प्रमुख आर्चायले बताउनुभयो ।

गत वर्ष कार्यालयले मात्रै विभिन्न शिर्षकमा दुई सयभन्दा बढी हाते ट्याक्टरलगायतका उपकरण किसानहरुलाई वितरण गरेको उहाँले बताउनुभयो ।

जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको कालिमाटी गाउँपालिका–२ का किसान डम्बर केसीले बताउनुभयो । गोरु पाल्नुभन्दा उपकरणको माध्यमबाट काम गर्दा लागत कम लाग्ने भएकाले यान्त्रीकरणको प्रयोग बढ्दै गएको उहाँको भनाई छ ।

उहाँका अनुसार स्थानीय पालिका, प्रदेश र संघीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । तर किसानहरुलाई नयाँ प्रविघिमा आकर्षित गर्न ९० प्रतिशतसम्म दिनुपर्छ । पुरातन खेती प्रणालीमा लागत मूल्य समेत नउठ्ने भएपछि युवा पुस्ता यान्त्रीकरण तर्फ आकर्षित भएका छन् ।

सम्बन्धित