तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा ६० हजार रुपैयाँ बराबरको अवैध कुखुरा र प्लाष्टिक बरामद

कञ्चनपुर।कञ्चनपुरमा सशस्त्र प्रहरीले ६० हजार रुपैयाँ बराबरको अवैध कुखुरा र प्लाष्टिक बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्टको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ६० हजार रुपैयाँ बराबरको अवैध कुखुरा र प्लाष्टिक बरामद गरिएको जनाएको छ।

भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाको सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा ती अवैध सामान बरामद गरिएको हो। प्लाष्टिक कञ्चनपुर भन्सार कार्यालय र कुखुरा पशु क्वारेन्टाईनमा बुझाएर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button