तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्ता गाउँपालिका लोखरामा एक घरमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा स्थित लोखरामा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।मंगलबार राती ९ बजेको समयमा छिन्नमस्ता गाउँपालिकामा वडा नम्बर ५ लोखरम टोलका पांचु कामैतको फुसको घर मा आगलागी हुँदा लाखौको क्षति भएको हो ।

आगलागीबाट घर भित्रका सम्पूर्ण सरसामानहरु जलेर नष्ट भई तीन लाख बराबरको क्षति भएको स्थानीयहरुको भनाइ रहेको छ । उक्त आगलागीमा गाउँलेहरुको अथक प्रयासले वस्तीमा एउटा घर मात्रै जलेको छ भने कुनै जैविक क्षति भएको छैन । समयमै गाउँले , वारुणयन्त्र ,स्थानीय प्रशासन , विद्युत कर्मचारीहरुको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button