तपाईँ सुन्दै हुनुहुन्छः

शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाली प्रकाशनाबाट वेदपाठको नियमसहित शुक्ल यजुर्वेदको पुस्तक गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको छ ।

पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियान स्वरुप पुस्तकलाई वेभसाइटमा राखिएको र नेपाली युनिकोडको प्रयोग गरी डिमाइ साइजमा प्रकाशन गरिएको पुस्तकका सम्पादक स्वामी केशवानन्द गिरिले जानकारी दिनुभयो ।

पुस्तकमा वेद पाठको नियमसहित हात सञ्चालन र उच्चारण विधि पनि उल्लेख गरिएकोले वेदको पृष्ठभूमि बुझेर आधुनिक डिजिटल फन्टमा पाठ गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने सम्पादक गिरिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button