तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको आर्थिक अवस्था राम्रो स्थितिमा छः गर्भनर अधिकारी

फाइल तस्बिर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक अवस्था राम्रो स्थितिमा रहेको बताउनुभएको छ ।

नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रम तथा साधारण सभालाई सम्बोधन गर्दै गर्भनर अधिकारीले मूल्यवृद्घि दर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था पनि बचतमा रहेको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन समेत दिनुभयो ।

नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकहरुको पूँजी कोषको अवस्था न्यूनतम ८.५ प्रतिशत भन्दा धेरै माथि रहेकाले निक्षेपकर्ताहरुले असुरक्षित ठान्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।

त्यस अवसरमा संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान गर्ने नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मान गरेको छ । सम्मान–पत्रग्रहण पश्चात् पूर्व गर्भनर श्रेष्ठले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट वाहिर आउन सरकार र निजी क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button