तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुद परिषदका सदस्य केसीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौंका केसीलाई तत्कालीन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले राखेप सदस्य नियुक्त गर्नुभएको थियो । साउन १५ गते केसीसँगै ६ सदस्य नियुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि दोस्रो पटक राखेप सदस्य हुनुभएका केसीले युवा तथा तथा खेलकुद मन्त्रीसमक्ष राजीनामा पेश गर्नुभएको हो । यसअघि पनि केसी राखेप सदस्यमा रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button