२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः सुदुरपश्चिम प्रदेशको विजयी सुरुवात

रेडियो नेपाल २०७७ पुष १४ गते १७:४८

दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । दाङको लमहीमा भएको खेलमा सुदुरले गण्डकी प्रदेशलाई ६० रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १९ ओभर ३ बलमा १ सय सात रनमा अलआउट भयो । जवाफमा गण्डकी प्रदेश २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रनमा रोकियो ।

दोस्रो खेलमा प्रदेश एकले विजयी सुरुवात गरेको छ । खेलमा प्रदेश एकले वागमती प्रदेशलाई ४६ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ६ रन बनायो । जवाफमा वागमती प्रदेश १६ ओभर चार बलमा मात्र ६० रनमा अलआउट भयो ।

सम्बन्धित