२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

इन्धनको तस्करी बढदो, २ भारतीय मोटरसाइकल बरामद

ध्रुव अधिकारी २०७७ पुष १४ गते १६:३५

वीरगञ्ज । भारतमा भन्दा नेपालमा पेट्रोलिय पदार्थको मुल्य सस्तो भएपछि सिमा क्षेत्रबाट अवैध रुपमा भारततर्फ निकासी हुन थालेपछि सुरक्षाकर्मीले उच्च निगरानी बढाएका छन् ।

अवैध रुपमा नेपालबाट भारततर्फ मोटरसाइकल मार्फत डिजल लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ बाट २ सय ४० लिटर डिजलसहित २ वटा भारतीय मोटरसाइकल बरामद गरेको हो ।

नियन्त्रणमा लिइएको मोटरसाइकल थप कारवाहीका लागि वीरगञ्ज भन्सारमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।

वीरगञ्जमा प्रति लिटर १ सय ६ रुपैयाँमा पाईने पेट्रोल सिमावर्ती भारतीय शहर रक्सौलमा १ सय ३६ रुपैया पर्ने गरेको र वीरगञ्जमा ८९ रुपैया प्रति लिटर पर्ने डिजल रक्सौलमा १ सय २६ रुपैया पर्ने भएको हुँदा प्रति लिटरमै पेट्रोलमा ३१ र डिजलमा ३७ रुपैया नेपालमा सस्तो हुँदा अहिले सिमा क्षेत्रबाट इन्धनको तस्करी हुने गरेको छ ।

सम्बन्धित