२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

रोहित काफ्ले २०७७ पुष १४ गते १५:४८

भद्रपुर, झापा । झापाको शिवसताक्षी–१० स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग.१ ख.६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को.२ च.१५८२ नम्बरको पिकअपका चालक केरावारी गाउँपालिका–८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई विहान १ वजे ठक्कर दिएको थियो ।

घाइते आचार्यको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा १० बजे मृत्यु भएको र ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित