२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

रेडियो नेपाल २०७७ पुष १४ गते १५:५२

संयुक्त राष्ट्रसंघ।कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गर्नुभएको हो ।

नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उहाँले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएको छ ।

आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ, उहाँले भिडियोमा भन्नु भएको छ ।

सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।रासस-सिन्ह्वा

सम्बन्धित