तपाईँ सुन्दै हुनुहुन्छः

समुदाय प्रहरी साझेदारी अन्तर्गत कलैयामा रक्तदान

बारा । समुदाय–प्रहरी साझेदारी अन्तर्गत बाराको कलैयामा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र समुदाय–प्रहरी साझेदारी बारा कलैयाको संयुक्त आयोजनामा भरतचोकमा भएको कार्यक्रममा ४ जना महिला र ४६ जना पुुरुषले रक्तदान गरेका छन् ।

रक्तदान गर्ने ७ जना प्रहरी रहेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी, सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष महम्द सगिर, सचिव जंग बहादुर यादव, बारा उद्योग बाणिज्य संघको महासचिव राज कुमार साह र महिला तथा बालबालिका संस्थाको अध्यक्ष बविता जैसवाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button