तपाईँ सुन्दै हुनुहुन्छः

राजावादीको जुलुसमा युवाको अवरोध

राजविराज ।  राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्‍यालीमा अवरोध भएको छ ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरूले अवरोध गरेका हुन् ।

राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, ब्यानर र राष्ट्रिय झन्डा बोकेर र्‍यालीनिकाल्न लागेको सूचना पाएपछि पुगेका नेकपा तथा जसपाका युवाहरूले ती सामग्री खोसेर आगो लगाएका छन् ।

र्‍यालीसामग्री खोस्दै र्‍यालीमा सहभागी हुन आएकालाई उनीहरूले भगाएका छन् । अहिले शिव मन्दिर प्राङ्गण खाली भएको छ ।

सप्तरी समाजको अगुवाइमा मङ्गलवार राजविराजमा राजा र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राख्दै र्‍याली निकाल्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button